२०८३ कार्तिक ११ गते बुधवार

राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ७ श्रावन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज विभागले गरेको ‘चौँथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठी’मा उहाँले आयोजनाको गुणस्तरलाई ध्यान दिइ समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । धेरै क्षेत्रमा बजेट बाँडफाँट गरेर काम नहुनुभन्दा एउटै आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले जलस्रोत तथा सिँचाइ विभाग किसानसँग प्रत्यक्ष जोडिएकाले किसानलाई राहत र सहुलियत प्रदान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले आयोजना अगाडि बढाउँदा प्रविधि, आधुनिकीकरणको समस्या र कामदारको समस्यालाई हेर्नुपर्ने टिप्पणी पनि गर्नुभयो । सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले चैते धानको उत्पादन बढाउन आवश्यक सिँचाइलाई विभागले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले विभागको पहलमा हाल देशभर १५ लाख ६९ हजार हेक्टरमा सिँचाइ व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरे पनि अझै १० लाखभन्दा बढी हेक्टर जमीनमा सिँचाइका लागि पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।