२०८३ मङ्सिर ११ गते शुक्रवार

वडा अध्यक्षहरूले गरे आफुले गरेका कामको रिपोर्टीङ

तुलसीपुर,१ साउन । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले आफूले गरेका कामको रिपोटीङ गरेका छन् । पार्टी कार्यालय तुलसीपुरमा आयोजित समिक्षात्मक बैठकमा वडा अध्यक्षहरुले २ वर्षको अवधिमा आ–आफना वडामा गरेका शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाइ खानेपानी, भौतिक पुर्वाधार लगायतका क्षेत्रमा गरेका कामको रिर्पोटीङ गरेका थिए । जनताको अपेक्षा अनुसार काम गर्न नसकेपनि प्राप्त स्रोत र साधनका आधारमा काम गरेको बताउँदै वडा अध्यक्षहरुले अझै देखिने र अनुभूति हुने गरि काम गर्न प्रयत्नसील रहेको बताएका थिए । त्यसैगरी उनिहरुले काम गर्ने क्रममा कहिलेकाँही जनप्रतिनिधीका बिचमा मतभिन्नता हुने भएकाले पार्टीले समन्वय गरेर आफसी तिक्ता मेटाउने काम गर्न आग्रह गरेका थिए । सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले ५ वर्षसम्म जनताको चौकीदार भएकाले सोही वमोजिम काम गर्न निर्देशन दिनुयभो ।

‘तपाईहरुलाई जनताले काम गर्ने भनेर जिताएर पठाएका हुन् । यतिबेला तपाइहरुले काम गरेर देखाउने बेला हो । यो भएन त्यो भएन भनेर बाहना बाजी गरेर बस्ने बेला होइन । तपाहरु पार्टीको सिपाइ पनि हो । तपाईले काम गरेका आधारमा पार्टी अघि बढ्ने हो । तपाइहरु असफल हुँदा पार्टी असफल हुन्छ ।’ केन्द्रिय सदस्य पाण्डेले भन्नुभयो ।
अवको तीन वर्षमा जनताको मन जित्नेगरि गौरबका योजनाहरु अघि सार्नु पर्ने बताउँदै केन्द्रिय सदस्य पाण्डेले नजितेका वडामा एमालेको अभाव खट्किने गरि काम गरेर देखाउन निर्देशन दिनुभयो । सो अवसरमा नेकपा एमाले दाङका सचिव श्याम डाँगीले सामाजिक संजाल फेसवुकमा जथाभावी नलेख्न निर्देशन दिनुभयो । फेसवुकमा लेख्दा क्षेणिक रुपमा मन शान्त भएपनि त्यसले पार्टीलाई दुरगामी असर पर्ने भएकाले त्यस तर्फ सचेत रहन निर्देशन दिनुभयो । सो अवसरमा नेकपमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी चौधरीले पनि सुझाव दिनुभएको थियो ।

समिक्षात्मक बैठकमा २ का वडा अध्यक्ष भिम योगी, ३ का वडा अध्यक्ष विजय विक, ६ का वडा अध्यक्ष वर्षात भण्डारी, ८ का वडा अध्यक्ष धर्मराज वली, १० का वडा अध्यक्ष यमराज केसी, ११ का वडा अध्यक्ष मानबहादुर रावत, १३ का वडा अध्यक्ष मोहन पौडेल, १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, १८ का वडा अध्यक्ष माधव वली, १९ का वडा अध्यक्ष प्रेमनाथ योगी लगायतको सहभागीता रहेको थियो । सो अवसरमा कार्यपालिका सदस्य मोहन विक, वसन्ता केसी, यमुना परियारले पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्न नपाएको गुनासो गरेका थिए । समिक्षात्मक बैठकमा मेयर टिका राम खड्का र उपमेयर स्यानी चौधरीलाई बोलाइए पनि दुबैजना जिल्ला बाहिर रहेका कारण उपस्थित हुन नसकेको एमाले नगर कमिटी सचिव रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।