२०८३ कार्तिक ११ गते बुधवार

रोल्पामा मिनि ट्रक दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु

रोल्पा, २६ असार ।  रोल्पामा मिनि ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टिगढी गाउपालिका–६ निगालपानीका ३२ वर्षीय महेश थापा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार सावडाँडाबाट डुब्रीङ हुदै होलेरी जोड्ने सडक खण्डमा गुडिरहेको रा १ ख २१३१ नम्बरको मिनि ट्रक स्याला भन्ने स्थानमा उकालोमा मंगलबार राती एक्कासी ब्याक हुदा दुर्घटना भएको हो ।

ट्रक सडकबाट झन्डै ६५ मिटर तल खसेर दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्रकमा सवार रुन्टिगढी–६ स्यालाका गणेश रावतका ८ वर्षीय छोरा सुजन रावत घाइते भएको र उहाँको प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।