काठमाण्डौ, २५ असार । देशका विभिन्न ठाउँमा बाढी पहिरोलगायत विपदका घटनामा परेर मनसुन शुरु भएयता अहिलेसम्म ८० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा गरी ८० जनाको ज्यान गएको छ । पछिल्लो पटक रुकुमपूर्वमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी आठ वर्षका रुपकला मगरको ज्यान गएको छ ।
४० वर्षीया हीरामाया मगर र उहाँका सात वर्षीय छोरा योगेश घाइते हुनुभएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि पाँच हजार ४१ जना प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले ४१ वटा पुलमा क्षति गरेको छ । कतिपय पुल बाढीले बगाएको छ । एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।