२०८३ कार्तिक ११ गते बुधवार

रुकुममा पहिरोमा परी एकजनाको मृत्यु, तीनजना घाइते

रुकुम पूर्व, २५ असार ।  रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नम्बर १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकोमा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बालकका बुबा ४० वर्षीय कर्ण बहादुर बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।।

प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।