२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा बाघको आक्रमणबाट ३ महिला घाइते

तुलसीपुर, २४ असार । दाङको तुलसीपुरमा बाघको आक्रमणबाट ३ जना महिला घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाँउकी ५२ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहँका अनुसार तुलसीपुर–९ मा रहेको नव दुर्गा सामुदायीक वनमा च्याउ खोज्न गएको अवस्थामा आज सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका ३ जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनभयो । आक्रमण गर्ने बाघ भने जंगलतर्फ भागिसकेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।