२०८३ कार्तिक ११ गते बुधवार

दाङमा बाढीले ट्याक्टर फस्दा एकजनाको मृत्यु, दुईको उद्धार

दाङ, २२ असार ।  दाङको राजपुर गाउँपालिकामा गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–५ निवासी ५२ वर्षीय छेदिराम चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार रहेकोमा खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको हो ।

रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको र ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।