२०८३ कार्तिक ११ गते बुधवार

सरकारको नीति तथा कार्यक्रम ः जमिनको दोहोरो स्वामित्व समाधान गर्ने

काठमाडौँ, १ जेठ । आगामी वर्ष गुठी सम्बन्धी कानुन व्यवस्थित गर्ने र दोहोरो स्वामित्वको समस्या समाधान गर्ने पनि सरकारले बताएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपती रामचन्द्र पौडेलले गुठीको समस्या समाधान गर्ने बताउनु भएको छ । यस्तै ५ लाख सुकुम्बासीको समस्या समाधान गर्ने बताएको छ । संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।आज सङ्घीय संसद्को दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले पौडेलले वर्तमान सरकार समाजवाद उन्मुख आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल स् सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले नेपाली नागरिकको सुख, समुन्नतिका लागि संङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नागरिकमा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।