तुलसीपुर, २५ बैशाख । दाङको दंगीशरण गाउँपालिका–१ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुदै आएको छ । यसले गर्दा बुढापाका जेष्ठ नागरिकहरुलाई धेरै सहज भएको छ । विगतका दिनहरुमा बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता भएपनि हिजोआज वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछी अपांगता भएका व्यक्तीलगाएत जेष्ठ नागरिकहरु खुसी भएका छन् । वडाका विभिन्न स्थानबाट १ देखी २ घण्टासम्म समय लगाएर बैंकसम्म पुगेपनि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता थियो । तर, अहिले वडा कार्यालयबाटै भत्ता वितरण हुन थालेपछी धेरै सहज भएको जेष्ठ नागरिकहरु बताउछन् । सामाजिक सुरक्षा भत्ता पाउने कति ज्येष्ठ नागरिकहरु आफु स्वयम् हिँडडुल गर्न सक्दैनन् । वडाका अधिकांस ठाउँमा मोटरबाटो पुगेपनी अत्यन्तै दुर्गम भेगमा पर्ने फुर्केसल्लीमा एक वर्षमा ४/५ महिना पनि नियमित गाडी चल्ले अवस्था छैन ।
त्यसैले गर्दापनि फुर्केसल्लीका स्थानियलाई २ घण्टा भन्दा धेरै समय हिडेर बैंकमा भत्ता लिन जानुपथ्र्यो । अहिले वडाबाट भत्ता वितरण हुन थालेपछि फुर्र्केसल्लीबासीलाई पनि केही हदसम्म सहज भएको छ । अहिले वडामा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकको संख्या १ सय ६५ जना रहेको वडा सचिव मन बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनसार अन्य अपांग, एकल महिला लगाएत गरी २ सय भन्दा धेरैले वडाबाट त्रैमासिक रुपमा नियमित भत्ता बुझ्दै आएका छन् । यता दंगीशरण–१ का वडाअध्यक्ष रमेश भण्डारीले भत्ता लिन ज्यष्ठ नागरिकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरी वडाबाटै भत्ता वितरणको काम गर्दै आएको बताउनुभएको छ । आफ्नो चुनावी प्रतिबद्धता अनुसार नै वडाबाट भत्ता वितरणको काम सुरु गरिएको उहाँले बताउनुभयो । अब यसलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँको भनाई छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।