२०८३ कार्तिक ११ गते बुधवार

उच्च अदालत तुलसीपुरमा दर्ता हुने मुद्धाको संख्या बर्षेनी बढ्दै

तुलसीपुर, २३ चैत ।  दाङको तुलसीपुरमा रहेको उच्च अदालत तुलसीपुरमा दर्ता हुने मुद्धाको संख्या बर्षेनी बढ्दै गएको छ । अदालतमा चालु आर्थिक वर्षको चैत २३ गतेसम्म ६ सय ५७ वटा मुद्धा दर्ता भएका छन् । गत वर्षको जिम्मेवारी सरी आएका ५ सय १९ र नयाँ दर्ता भएका गरी १ हजार १ सय ७६ वटा मुद्धामध्ये ५ सय ७० फछ्र्यौट भएका छन् भने ६ सय ६ वटा फछ्र्यौट गर्न बाँकी रहेको आज अदालतले पत्रकारहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा जानकारी गराइएको हो । यसै गरी वितेको आर्थिक वर्ष २०७९/ ०८० मा ६ सय ६३, आर्थिक वर्ष २०७८/ ०७९ मा ७ सय ३०, आर्थिक वर्ष २०७७ /०७८ मा ६ सय ९, आर्थिक वर्ष २०७६ /०७७ मा ५ सय ८२ मुद्धा दर्ता भएको अदालतका रजिष्टार कर्मराज अधिकारीले जानकारी दिनुभयो । अदालतमा २ वर्ष नाघेको मुद्धाको संख्या ८ रहेको छ । २ वर्षसम्म पनि फैसला नभएका मुघाहरु पनि रहेको भन्दै अदालतका मुख्य न्यायधीश नित्यानन्द पाण्डेले औपचारिक प्रक्रियामा विलम्व भएका कारण फैसलामा ढिलाई हुने गरेको बताउनु भयो । मुद्धाको तामेली, सुनुवाई, परिक्षण पैतिवेदन (डिएनए टेष्ट) लगायतका प्राविधिक कारण ढिलाई भइरहेको उहाँको भनाई थियो । यसैविच उहाँले अदालतमा मुद्धाको संख्या बढेपनि न्यायधीश र कर्मचारीको संख्या नबढेको भन्दै गुणासो गर्नु भयो । बढ्दो जनसंख्याका कारण मुद्धाको संख्या दिनानुदिन बढ्दै गएपनि सीमित कर्मचारीले काम गर्नु पर्ने भएकाले अदालतले गर्ने काममा ढिलाई भइरहेको बताउनु भयो । यसै गरी अदालतले दिने सेवामा प्रभावकारिता ल्याउन प्रवाह गर्ने अनलाइन तारेख, अनलाइन बहस, डि सि एम पद्धति कार्यान्वयन जस्ता प्रविधिको व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन समस्या भैरहेको छ । प्रविधिको प्रयोग गर्न सकिएन भने मुद्धाको संख्या अत्यधिक बढेर जाने र फैसला भने कमै मात्रामा हुने भएकाले सम्पूर्ण सेवाग्राही र सेवाप्रदायक निकायलाई प्रविधिको प्रयोग गर्न न्यायधीश पाण्डेले आग्रह गर्नु भयो ।।  

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।