चितवन, १३ चैत । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङका सानुमाया चेपाङ, छोरी मनिषा र छोरा रामबहादुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको छ ।
प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।