२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा ८० प्रतिशत नागरिक खानेपानीको पहुँचमा

तुलसीपुर, ९ चैत ।  दाङको तुलसीपुरमा ८० प्रतिशत नागरिक खानेपानीको पहुँचमा रहेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा रहेको जनसंख्या मध्य ८० प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख तथा वास फोकल पर्सल ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । अरु बाकी रहेका २० प्रतिशत नागरिकलाई पनि खानेपानीको पहुँचमा ल्याउने गरी नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । स्वच्छ पानीले नै जिवन सुरक्षीत हुने भन्दै स्वच्छ पानी खाएर स्वस्थ रहन उहाँले आग्रह समेत गर्नुभएको छ । विगतको तुलनामा अहिले अधिकांस नागरिकको पहुँचमा खानेपानीको सुविधा पुगिसकेको स्थानिय नागरिक स्वयमले बताउने गरेका छन् । विगतमा खानेपानीको लागी धेरै समस्या झेल्नु परेको भएपनि अहिले पानीको समस्या नभएको तुलसीपुर ११ कटाहका स्थानिय हर्सलाल रेग्मीले बताउनुभयो । पहिले अशिक्षाका कारणले गर्दा पनि नागरिकहरु दुसित पानी खान बाध्य भएकोमा अहिले धेरै शिक्षीत भइसकेकाले स्वच्छ पानी खान थालेको उहाँको भनाई छ ।

कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पु¥याइ पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिन्छ भने आधारभूत खानेपानीलाई प्रशोधन गरी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी भनिन्छ । पछिल्लो समय खानेपानीको लागी केही सहज भएपनि सिचाँइका लागी भने अधिकांस स्थानमा पानीको अभाव नै देखिएको छ । खोला च्याप्ने मानव प्रवृतीका कारण खोलाहरु मासिनुका साथै खोलाको सतह समेत गहिरिदा सिचाँइमा समस्या भएको तुलसीपुर ४ हलवारका कृष्ण बहादुर बस्नेतले बताउनुभयो । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् । सरकारले सन् २०३० सम्म गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । नेपालमा २५ प्रतिशत जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँचमा रहेको पाइएको छ भने ७५ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा पुगेकोे छ ।।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।