२०८३ कार्तिक १२ गते बिहिवार

प्रभु बैंकबाट करोडौ रकम कुम्ल्याएर फरार भएका कर्मचारी पक्राउ

दाङ, ९ चैत ।  रुकुम पश्चिममा रहेको प्रभु बैंकबाट करोडौ रकम लिएर फरार भएका बैकका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । आठविसकोट नगरपालिका ९ राडि बजारमा रहेको प्रभु बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहलाई पक्राउ गरी आज शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । उनलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डीएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयका प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई पक्राउ गरेको थियो ।

शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले प्रहरीमा मुद्धा दर्ता गराउनुभएको थियो । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैंकिङ कसुर शिर्षकमा मुद्धा चलाइएको थियो । आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैंकमा पठाईएको रुपियाँ रहेको डीएसपी भट्टराईले बताउनुभयो । यस बाहेक उनले अन्य सेवाग्राहिहरुको पनि लाखौ रकम हिनामिना गरेको पाइएको छ । शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।