२०८३ कार्तिक ११ गते बुधवार

राहदानी कै लागि लिदै नावालक परिचयपत्र

तुलसीपुर, ६ चैत । इलाका प्रशासन कार्यालय तुलसीपुरमा नावालक परिचयपत्र बनाउनेहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को ८ महिनामा १ सय ८६ जनाले नावालक परिचयपत्र बनाएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९। ०८० मा १ सय ९६ जना र आर्थिक वर्ष २०७८ । ०७९ मा १ सय १९ जनाले नावालक नागरिकता लिएको कार्यालयका सुचना अधिकारी जनक प्रसाद भण्डारीले जानकारी दिनुभयोे । धेरैजसोले राहदानी लिनका लागि नावालक परिचयपत्र बनाउने गरेको उहाँले बताउनु भयो । यसै गरी कोहीले उमेर नपुग्दै प्राविधिक शिक्षा पढ्नु पर्ने भएपछि नागरिकता चाहिने भएकाले नावालक परिचयपत्र बनाउने गरेको उहाँको भनाइ छ । ‘अभिभावकसँग विदेश जानका लागि राहदानी बनाउन चाहिने भएकाले नावालक परिचयपत्र लिनेहरु बढिरहेका छन्’, उहाँले भन्नुभयो ।

नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार प्रदान गरिदै आइएको छ । भने नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् उक्त परिचयपत्र स्वतः निष्क्रिय हुने व्यवस्था समेत रहेको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।