२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, ३ चैत ।  दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ निवासी ४५ वर्षीय काली बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार घोराहीबाट गोग्लीतर्फ जादै गरेको रा १ ख २१६२ नम्बरको टिप्परले गएराती सवा ८ बजेको समयमा घोराही १७ को सिस्नेखोला नजिकै चौधरीलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार भएको टिप्परसहित चालक घोराही १७ बेलबारका २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।