२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

तुलसीपुर, २८ फागुन ।  दाङमा बसको ठक्कर बाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ निवासी ४० बर्षिय हरिप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले आज लमही नगरपादिलका–३ वनगाउँ नजिकै ठक्कर दिदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।