२०८३ कार्तिक १२ गते बिहिवार

करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोट, २६ फागुन ।  कालीकोटमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा नरहरीनाथ गाउापालिका ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापा रहेको प्रहरीले जनाएको छ ।

नरहरीनाथ गाउँपालिका ८ कालढुङ्गा भन्ने ठाउँमा पुरानो पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ पोललाई छुँदा उनीहरुलाई करेन्ट लागेको हो । त्यहाँ नेपाल विद्युत् प्राधिकरणले ६ महिना अघि ११ हजार भोल्टेजको प्रसारण लाइन पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।