काठमाडौं, २६ फागुन । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार नुवाकोट, चितवन, रूपन्देही, रौतहट र ललितपुरमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो । मृत्युहरुमा नुवाकोट, रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादव, पर्सा वीरगंज महानगरपालिका–३ घर भएका ४० वर्षीय अमरदेव महतो, कपिलवस्तुका २४ वर्षीय राजमन लोनिया, रौतहट, मिठुअवा बस्ने ३५ वर्षीय धर्मेन्द्र राम, रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार राय रहेका छन् ।।
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।