२०८३ कार्तिक १२ गते बिहिवार

रोल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

रोल्पा, २६ फागुन ।  रोल्पामा १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रून्टीगढी गाउँपालिका १ लापल निवासी २६ वर्षीय तुल बहादुर भनेर चिनिने आकाश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उनले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।