२०८३ कार्तिक १२ गते बिहिवार

त्रिशुलीमा बस खस्दा चार जनाको मृत्यु, ३० जना भन्दा धेरै घाइते

काठमाण्डौ, २३ फागुन ।  धादिङको घाटबेँसीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने ३० जना भन्दा धेरै यात्रु घाइते भएका छन् । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा आज बिहान दुर्घटना भएको हो । बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।