२०८३ कार्तिक १२ गते बिहिवार

प्रेमिकालाई धारितो हतियार प्रहार गरी हत्या गर्ने प्रेमी पक्राउ

काठमाडौँ, २२ फागुन ।  मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी रहेको प्रहरीले जनाएको छ । गए राति धारिलो हतियार प्रयोग गरेर १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ । खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भएकी ज्ञानुमती दुई वर्षदेखि दाइ नाता पर्नेको घरमा बसेर पञ्चायत माविमा ७ कक्षामा पढ्दै आएकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।