२०८३ कार्तिक १२ गते बिहिवार

शौचालय गएकी किशोरीको धारिलो हतियार प्रहार गरी हत्या

काठमाण्डौ, २२ फागुन ।  मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया संजना भनिने ज्ञानकुमारी राईको हत्या गरिएको छ । स्थानीयबासीका अनुसार शनिश्चरे–१ मा रहेको पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी मामाघरमा बस्दै आएकी थिइन् ।

गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई नचिनेका व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो । घटनाबारे इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।