तुलसीपुर, २१ फागुन । दाङमा पछिल्लो ३ बर्षमा ७ सय जनाले आत्महत्या गरेको पाइएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) र प्रादेशिक अस्पताल तुलसीपुरको आयोजनामा तुलसीपुरमा आज भएको एकदिने अभिमुखीकरण कार्यक्रममा यस्तो तत्याङ्क सार्वजनिक गरिएको हो । प्रहरी र सञ्चारकर्मीहरुसँगको अधिमुखिकरण कार्यक्रममा आत्महत्या सम्बन्धिको तत्याङ्क सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले आर्थीक बर्ष २०७७/०७८ देखी ०७९/०८० सम्म विभिन्न माध्यमबाट ७ सय जनाले आत्महत्या गरेको बताउनुभएको हो । जसमा ३ बर्षको अवधीमा सबैभन्दा बढि झुन्डिएर ५ सय २२ जनाले आत्महत्या गरेको उहाँले बताउनुभयो । यस्तै विष सेवन गरेर मात्रै १ सय ३०, आगो लगाएर १, पानिमा डुबेर १२ र हाम फालेर १० जनाले आत्महत्या गरेका छन् । यस्तै तिन आर्थीक बर्षमा २५ वटा आत्महत्या दुरुत्साहनका मुद्धा दर्ता भएको प्रहरी निरीक्ष केसीले बताउनुभयो ।
विभिन्न कारणले गर्दा मानिस आत्महत्याको चरणमा पुग्ने गरेपनि सबैभन्दा बढि मानसिक रोगका कारण आत्महत्या हुने गरेको उहाँले बताउनुभयो । विश्वमा ९५ प्रतिशत आत्महत्याका घटना मानसिक रोगकै कारण हुने गरेको र ५ प्रतिशत अन्य तनावका कारण हुने गरेको उहाँले बताउनुभयो । यस्तै प्रेममा असफल, आफुलाई कमजोर महसुस गर्नु, उदासिपन, भविष्य प्रति चिन्ता, बैवाहिक जीवन सुखमय नहुनु, आमा–बुबा बिच झै झगडा, लागु औषध दुव्र्यसन, गरिबी, अशिक्षा, वैदेशिक रोजगार, अवैधानिक सम्बन्ध, दिर्घरोगले ग्रस्त हुनु लगाएका कारणले पनि आत्महत्याको मानिस पुग्ने गरेको उहाँको भनाई छ । सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सन्तोश आचार्यले आत्महत्या सम्बन्धिका सचेतनामुलक कार्यक्रमहरु ग्रामिण भेगका नागरिकहरु समक्ष पनि पुर्याउनु पर्ने बताउनुभयो । जनस्तरमा तल्लो तहसम्म यस्ता कार्यक्रमहरु पुर्याउन सके आत्महत्या रोकथाममा टेवा पुग्ने भन्दै सबैलाई यसबारे जानकारी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन डिला भुषालले आत्महत्याका बारेमा जानकारी गराउनुभएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।