तुलसीपुर, २१ फागुन । दाङको तुलसीपुरमा उइङ्गरबाट खसेर एक युवती गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर ८ वेलुवा निवासी २७ वर्षीया खिमा रोका मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार तुलसीपुर १३ बखरिया स्थित तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७५४ नम्बरको उइङ्गरको ढोका एक्कासी खुल्दा रोकामगर खस्नुभएको हो ।
उइङ्गरबाट खसेर गम्भिर घाइते भएकी उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सामान्य उपचारपछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।