मुगु, १९ फागुन । मुगुम कार्मारोङ गाउँपालिकामा ढुङ्गाले लागेर आज एक जनाको ज्यान गएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत् आयोजनामा काम गर्न घरबाट हिँडेका मुगुम कार्मारोङ–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हो ।
विद्युत् गृहको नहर पहिरोले क्षति गरेपछि वडा नम्बर ५ र ६ का स्थानीयवासीको आज काम गर्ने पालो रहेको थियो । त्यही काममा सेगेरा गाउँबाट जाँदै गर्दा तिलिकछु भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लामालाई लागेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।