तुलसीपुर,९ फगुन । मानव मानवबीच भावना वा विचार आदानप्रदान गर्ने माध्यम भाषा हो । कुनै एक जाति वा समुदायको पहिचानको सबभन्दा ठूलो आधार भनेकै भाषालाई लिइन्छ । त्यस समुदायका मानिसहरुले आफ्नो मातृभाषाको रुपमा बोलिन्दै आएको भाषालाई नै मातृभाषा भनिन्छ । त्यसैले प्रत्येक मानवीय समुहहरुको आआफ्ना व्यावहारिकता सुहाउँदो मातृभाषा रहेको हुन्छ ।
भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनि (आवाज) हरूका ेप्रयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति हुने गर्दछ । तर पछिल्लो समय मातृभाषी बोल्ने नागरिकहरुले नै आफ्नो मातृभाषा बोल्न नजान्ने गरेको पाइन्छ । कतिपय मातृभाषीले बोल्न नजान्ने अर्काले बोलेको बुझ्ने, कतिपयले बोल्न र बुझ्न दुवै जान्ने अवस्था रहेको छ । पछिल्लो समय मगर भाषा धेरैजसो लोप हुन थालेको छ ।
तुलसीपुर ७ गैरापातुका ६८ वर्षिय पूर्ण बहादुर थापा मगर समुदायमा जन्मिएता पनि मगर भाषा बोल्न आउँदैन । बुवाआमाले नसिकाएकै कारण आफूलाई मातृभाषा बोल्न नजानेको बताउनुभयो ।आफूले नजान्दा आफ्ना छोराछोरीहरुलाई पनि सिकाउन नपाएको उहाँको भनाई छ । यस्तै रुकुम पश्चिम बाँफिकोट ९ की रमिता पुन मगरलाई पनि मातृभाषाको बारेमा केही थाहा छैन । उहाँहरु मात्रै होइन धेरैलाई आफ्नो मातृभाषा बोल्न आउँदैन । यता मगर संघ दाङका अध्यक्ष मुक्ति बुढामगरले मगर भाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । बसाईसराई र दोस्रो भाषाको प्रभावले मगरहरुको मातृभाषा लोप हुँदै गएको उहाँले बताउनु भयो ।
मगर भाषा संरक्षणका लागि मगर समुदायको बसोबास रहेको जिल्ला तथा स्थानिय तहमा स्थानिय पाठ्यक्रममा समावेश गर्ने र कामकाजीको भाषाको रुपमा अविवार्य प्रयोग गर्नु पर्ने बताउनुभयो ।नेपालको अन्तरिम संविधानको धारा ५ ले नेपालमा बोलिने सबैजातिको भाषा राष्ट्र भाषा भनि उल्लेख गरेको छ । संविधानको धारा १७ को मौलिक हकमा आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने अधिकार उल्लेख गर्दै स्थानिय क्षेत्रमा मातृभाषालाई प्रयोग गर्ने अधिकार समेत उल्लेख गरिएको छ ।
।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।