२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु 

तुलसीपुर,९ फागुन । दाङमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी २१ वर्षका  विवेक पुन र सोही  ठाउँ निवासी मोटरसाइकलको पछाडि सवार  २४ वर्षका   नेत्र भण्डारी  रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल र बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप जिप बुधबार बिहान ६ बजे तुलसीपुर–घोराही सडक खण्डको सर्रामा ठोक्किए पछि उक्त दुर्घटना भएको थियो ।  दुर्घटनामा घाइते भएका पुन र भण्डारीको उपचारको क्रममा  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक रोल्पाको त्रिवेणी गाउँपालिका– २ निवासी २९  वर्षका निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।