२०८३ कार्तिक ११ गते बुधवार

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदै

काठमाडौँ, ९ फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो ।

सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ ।

मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो भन्ने रहेको छ । आज २५० मिलियन बालबालिका र युवाहरू अझै पनि विद्यालय जान सक्दैनन् र ७६३ मिलियन वयस्कहरूले आधारभूत साक्षरता सीपहरू मा पारगंत हुन नसकेको अवस्था छ भनी यूनेस्कोले जनाएको छ । अहिले नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ ।

भाषा आयोगको प्रतिवेदन अनुसार २०७६÷७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् । यसअघि भाषा आयोगको २०७५÷७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु (कञ्चनपुर), राना फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके (डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ वटा थियो । त्यो सङ्ख्या बढेर अहिले १३१ पुगेको हो ।।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।