तुलसीपुर, ८ फागुन । दाङको तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १८ का ३० वर्षीय अर्जुन खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३७२८ नम्बरको मोटरसाइकल तुलसीपुर १८ को डाँडागाउ नजिकै आज आफै अनियन्त्रि भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको टाउको, बाँया खुट्टा र ढाडमा चोट लागेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।