२०८३ कार्तिक १२ गते बिहिवार

प्रहरीमा जागिर लगाइदिने भनेर बलात्कार गर्ने एक जना पक्राउ

काठमाडौं, ७ फागुन ।  प्रहरीमा जागिर लगाइदिने भनेर युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा रहेको प्रहरीले जनाएको छ । पिडितको उजुरीका आधारमा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितसँग उनको एक महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । त्यसक्रममा युवतीले आफूले प्रहरीमा जागिर खाने तयारी गरिरहेको बताएपछि उनले बारम्बार फोन सम्पर्क गरेर मेरो ठूला ठूला व्यक्तीसँग  चिनजान छ भन्दै प्रहरीमा जागिर लगाइदिने आस्वासन दिएका थिए ।

त्यही प्रलोभनमा परेर माघ ७ गते पराह्न साढे ३ बजेतिर रत्नपार्कमा भेट्न गएको अवस्थामा गेष्ट हाउसमा लगेर बलात्कार गरेको पिडितको भनाई छ । घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।