काठमाण्डौ, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिकाबाट जन्ती लिएर आँबुखैरेनीका लागि छुटेको बा १८ च ५९२१ नम्बरको जीप बरादी–हिलेखर्कको भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा ७२ वर्षका आशपुर गुरुङ र १७ वर्षकी तुलसी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । अन्य घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।