२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुर होटल व्यवसायी समितिद्धारा आगलागी पीडितलाई सहयोग

तुलसीपुर, ६ फागुन । तुलसीपुर होटल व्यवसायी समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ  । तुलसीपुर –५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसमा गत माघ २२ गते  भान्सामा ग्यास चुहावट भई आगलागी  हुँदा क्षति भएको हो ।

होटल सञ्चालक मुनकुमारी वलीलाई आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी  ७ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरिएकाे हाे । होटल व्यवसायी समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षत तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।  

साे अवसरमा अध्यक्ष बस्नेतले समितिमा आवद्ध व्यवसायीले तुलसीपुरको ‘ग’ लाइनमा रहेको नागरिक केयर हस्पिटलमा उपचार खर्चमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने गरेको बताउनुभयो ।  समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण  सचिव तुफान केसीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।