२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु,एक जना घाइते

तुलसीपुर,६ फागुन । दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पुर्वको भुमे गाउँपालिका १ निवासी २७ बर्षीय आदर्श पुन रहेको दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ ।

हिजो घोराही उपमहानगरपालिका १८ कालीका टोल स्थित रा.७ प.३१८६ नंम्बर को मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै,दुर्घटनामा परि रुकुम पुर्वको भुमे गाउँपालिका १ घर भई हाल घोराही उपमहानगरपालिका १८ मा डेरा गरी बस्ने ३५ बर्षीय राम कुमार पुन घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि थप उपचारको लागी भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।