तुलसीपुर, ३ फागुन । दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ५ निवासी ३९ वर्षीय बल बहादुर सार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसुीपुरदेखी पर्सेनी तर्फ जादै गरेको रा २ प ८२०७ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जादै गरेको रा ७ प ३९४९ नम्बरको मोटरसाइकल तुलसीपुर ७ मोतिपुर नजिकै ठोक्किदा रा ७ प ३९४९ नम्बरका मोटरसाइकल चालक सार्की हुनुभएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।