कपिलवस्तु, ३ फागुन । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना घाइते भएका छन् । मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुलनजिकैबाटोबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ । अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।