तुलसीपुर, १ फागुन । दाङको दंगीशरणमा मोटरसाइकल र स्कुटी ठोक्किदा दुईजना घाइते भएका छन् । तुलसीपुरबाट हापुरे तर्फ जादै गरेको रा २ प ७७१७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ७ प ९०६२ नम्बरको स्कुटी आज दिउँसो दंगीशरण ५ को हेकुली चोक नजिकै ठोक्किदा दुबै सवारी चालक घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर १२ का ३० वर्षीय सितल चन्द र स्कुटी चालक शान्तिनगर गाउँपालिका २ निवासी २७ वर्षीया कल्पना खड्का रहको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।