२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किदा एकजना घाइते

तुलसीपुर, १ फागुन ।  दाङको तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किदा एकजना घाइते भएका छन् । घाइते हुनेमा रोल्पाको गंगादेब गाउँपालिका ६ निवासी ३२ वर्षीय प्रेम वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरको न्यु रोडबाट बसपार्क तर्फ जादै गरेको रा १ ह २८५१ नम्बरको अटो र विपरित दिशाबाट आउदै गरेको रा २ प ३०७४ नम्बरको मोटरसाइकल बसपार्क नजिकै ठोक्किदा मोटरसाइकल चालक वली घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी तुलसीपुर सिटि हस्पिटलमा रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।