२०८३ कार्तिक १२ गते बिहिवार

दाङको दंगीशरणमा एक घरमा आगलागी हुदा जलेर महिला घाइते

तुलसीपुर, १ फागुन ।  पश्चिम दाङको दंगीशरणमा खाना पकाउने क्रममा घरमा आगलागी हुदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका ६ बागर निवासी ७५ वर्षीया सरस्वती नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरमा खाना पकाउने क्रममा एक्कासी आज बिहान घरको छानामा सल्किन जादा आगलागी भएको हो ।

आगलागीबाट घर, लत्ताकपडा, अन्नपात र भाडावर्तनहरु पुर्ण रुपमा जलेर नष्ट हुदा करिब २ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । स्थानिय र प्रहरीको सहायतामा करिब १ घण्टा पछी आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । घाइते नेपालीको कम्मरदेखी तलतिरको भाग जलेको र अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।