२०८३ कार्तिक १२ गते बिहिवार

जीप दुर्घटना हुदा ८ जनाको मृत्यु

पाल्पा, १ फागुन ।  पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।