तुलसीपुर, १ फागुन । तुलसीपुर उपमहानगरपालिका ९ दोघरेमा रहेको माध्यमिक विद्यालय दोघरेको ४९ औँ बार्षिकोत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवहारिक,संस्कार र जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उनीहरुले देशको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी लिएर भविष्यको खाका तयार गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विद्यार्थीलाई पढ्ने वातावरण विद्यालयले मात्रै सिर्जना गरेर नहुने भन्दै अभिभावकले पनि वातावरण निर्माण गरिदिन आग्रह गरेका हुन् । विपन्न तथा गरिव समुदायका बालबालिकाहरु पढ्ने विद्यायलय भएकाले अभिभावकहरु आफ्नो काममा मात्रै केन्द्रित नभएर छोराछोरीको पढाईप्रति पनि चासो राखिदिन उनीहरुको आग्रह छ ।
विद्यार्थीलाई कतावी ज्ञानसँगै समाज र समुदायको पनि अध्ययन गर्न प्ररित गर्नु पर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी, विजय शाह लगायतले व्यवहारिक ज्ञानको आवश्यकता रहेको भन्दै सीपयुक्त शिक्षा प्रदान गर्न आग्रह गरेक थिए । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु गरिएको थियो । विद्यालयको शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।