२०८३ कार्तिक १२ गते बिहिवार

युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, २८ माघ ।  काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । आज पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए ।

सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘तर अनुसन्धानपछि घटनामा एक जनाको मात्र संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।