काठमाण्डौ, २८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आमा र दुई जना बच्चाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घरबाट हाम फालेकी ३६ वर्षकी रविना महर्जनको उपचारका क्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको हो । त्यस्तै घरको बन्द कोठामा अचेत अवस्थामा भेटिएका ६ वर्षका अस्वेत र २ वर्षकी रिबाको हिजो बेलुका ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।
आमा रविनाले घरको चौथो तलाबाट हाम फालेको र घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । आमाले घरबाट हामफाले पछि अनुसन्धान गर्दा बच्चाहरु अचेत भेटिएका थिए । के कारणले घटना भएको बारे खुलिनसकेको र थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।