२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा अटोको ठक्करबाट एक किशोरी गम्भिर घाइते

तुलसीपुर, २७ माघ ।  दाङको तुलसीपुरमा अटोको ठक्करबाट एक किशोरी गम्भिर घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा गडवा गाउँपालिका २ पटवा घर भई अहिले तुलसीपुरको रक्षाचौर स्थित आँखा  अस्पताल  नजिकै बस्ने १८ वर्षीया संगीता यादव रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार शुक्रबार हिजो दिउँसो पौने १ बजेको समयमा आँखा अस्पतालबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५३२२ नम्बरको अटोले तुलसीपुर ४ रक्षाचौर नजिकै उनलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएकी यादवको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको बाया खुट्टा र टाउँकोमा चोट लागेको छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।