तुलसीपुर, २७ माघ । पश्चिम दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका ३ बिजुलीपुर निवासी १६ वर्षीय मान बहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार शनिबार आज बेलुका सवा ५ बजेको समयमा पदमपुरबाट बिजुलीपुर तर्फ जादै गरेको रा ५ प २२४५ नम्बरको मोटरसाइकल विजुलीपुर नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको टाउँको, अनुहार र दुबै खुट्टामा गहिरो चोट लागेको छ ।
प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।