काठमाण्डौ, २६ माघ । काठमाण्डौमा गाडीबाट खसेर प्रहरी सहायक हवल्दारको ज्यान गएको छ । प्रहरीको रातको सुरक्षा योजनाअनुसारको ड्युटी सकेर फर्कने क्रममा प्रहरीकै गाडीबाट खसेर सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षका सहायक हवल्दार हेमराज एलजीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीको जीपको पछाडिबाट खसेर घाइते भएका एलजीलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल एपीएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।।
प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।