काठमाडौ, २५ माघ । आफन्तको उद्धारका लागि भन्दै गत ६ महिनामा ६ सय ९० वटा उजुरी परेका छन् । उजुरीमध्ये ३ सय ६२ फर्छ्यौट भएका छन् । जसबाट १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । बैदेशिक रोजगार विभागका अनुसार ती उजुरीको आधारमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १ सय ७२ जनाले क्षतिपूर्ति पाएका छन् । उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ भने १ तामेलीमा राखिएको विभागले जनाएको छ ।
विभागमा अनुसार मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १ सय ३० उजुरी परेका छन् । जसमा १ सय ९१ मिलापत्र गराइएको छ भने ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ । विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका छन् । जसमा ६५ उजुरीमा मिलापत्र गराइएको छ । भने ९२३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको विभागले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।