२०८३ कार्तिक ११ गते बुधवार

विद्यार्थीहरुले गरे रेडियो प्रकृतिको प्रत्यक्ष अवलोकन

तुलसीपुर, २५ माघ ।तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानिय स्तरमा रहेका सञ्चार माध्यमको अवलोकन गरेका छन् । तुलसीपुरमा रहेका सञ्चार माध्यमसम्म पुगेर प्रत्यक्ष रुपमा एफएम स्टेशनको आज अवलोकन गरेका हुन् । बालबालिकाहरुले पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा जोडिने तर एफएम रेडियोको अवस्थाको बारेमा थाहा नपाउने अवस्था रहेको छ ।

उक्त अवस्थालाई मध्यनजर गर्दै रेडियोलाई बालबालिकाहरुले नजिकबाट नियाल्नका लागि अवलोकन गराएको विद्यालयका शिक्षक कमल भण्डारीले जानकारी दिनुभयो । विद्यालयमा कक्षा १ देखि ५ सम्म लागु गरिएको सीपिआर एस कार्यक्रम अन्तर्गत स्थानिय पाठ्यक्रम भन्ने विषयबस्तुसँग सम्बिन्धित रहेर विभिन्न ठाउँको प्रत्यक्ष अवलोकन र अध्ययन गराउने गरेको उहाँले बताउनुभयो । गोरखा माविका कक्षा ५ मा अध्ययनरत ९० जना बालबालिकाले रेडियो प्रकृतिको स्टेशनमा पुगेर अवलोकन गरेका छन् ।।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।