काठमाण्डौ, २३ माघ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका ११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा अस्ति राति ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।