२०८३ कार्तिक १२ गते बिहिवार

सुनचादी व्यवसायीमाथि गोली प्रहार गरी लुटपाट

काठमाडौं, २१ माघ ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ । सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार, एक राउण्ड गोली उनको पाखुरामा लागेको छ ।

प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको र छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ । गोली हानेपछि स्कुटर लिएर उनीहरु भागेका थिए । त्यसरी लगिएको लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ । स्कुटरमा सुन रहेको आशंकामा उनीहरुले लुटपाट गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।