२०८३ कार्तिक १२ गते बिहिवार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँची, २० माघ ।  अर्घाखाँचीको ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाका डेमकला बेल्वासेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पणेना–१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते हुनुभएको छ । घाइते दुवैजनालाई उपचारका लागि सन्धिखर्क पठाएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।